पाल्पा-बुटवल सडक दैनिक ७ घण्टा बन्द हुने

by समतल अनलाइन

बुटवल । पाल्पा बुटवल सडक दैनिक ७ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सडक चौडा गर्न १५ दिन सडक बन्द गर्न लागिएको हो । मंसिर २८ गते देखि पुस १३ गतेसम्म राति ९ः३० देखी बिहान ४ बजेसम्म सडक बन्द हुने सडक डिभिजन पाल्पाले जनाएको छ ।
बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म सडक चौडा बनाउन र पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो । राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने डिभिजन प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

 
 
  
 

You may also like