नेपाल निजामती कर्मचारी संगठन तिलोत्तमाको अध्यक्षमा सीता भण्डारी

by समतल अनलाइन

बुटवल । नेपाल निजामती कर्मचारी संगठन तिलोत्तमा नगरपालिका इकाई समितिमा सिता घिमिरे भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयां नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा ईश्वरी पाण्डे ,सचिबमा ईन्जिनयर प्रदिप वन, सह सचिवमा तोयश्वर चौधरी, कोषाध्यक्षमा रामप्रसाद खनाल सदस्यहरुमा अनिता ज्ञवाली शर्मा, पारेश्वर आचार्य, शिव पाण्डे, कृष्ण खाती, तारा आचार्य, शान्ता भट्टराई, विद्दा पन्थी, विदुर ज्ञवाली, मिना अर्याल र विष्णु थापा निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका स(सचिव प्रेम प्रसाद खनालले जानकारी दिनुभयो ।
सम्पुर्ण निर्बाचितहरुलाइ नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य काशिराम आचार्यले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बासुदेव घिमिरेले डाइनामिक तिल्लोत्तमा नगर बनाउन कर्मचारीहरुले खेलेको भुमिका प्रंशसा गर्दै आगामी दिनमा यो संगठनले सेवा प्रवाहलाई थप चुस्त दुरुष्त बनाउँदै कर्मचारीको हक र हितको लागि काम कानून सम्बत तरिकाले सामुहिक सौदावाजी गर्न उल्लेख्य भुमिका खेलोस भन्दै निर्वाचित पदाधिकारी सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
संगठनका पुर्व केन्द्रीय अध्यक्ष गणेश वस्यालले शुभकामना मन्तव्य राख्दै संगठनको ईतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गर्दै यो संगठन सवै सेवा समुह र सवै तहका सवै खाले कर्मचारीहरु माउ संगठन रुपमा स्थापित भएकोले सवैको असल अभिभावकको भुमिका निर्वाह गर्न सक्ने संगठन निर्माण होस् भन्दै शुभकामना दिनुभयो ।
आधिकारीक ट्रेड युनियकान केन्द्रीय सदस्य मेघदेव पन्तले कर्मचारीको क्षमता बिकासको लागि संरचनात्मक हिसावले ईकाई समिति भएपनी तिलोत्तमाको स्थानीय सरकारसँग सामुहिक सौदावाजी गर्ने केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताउनुभएको थियो भने नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले कर्मचारीको हक हितको लागि यो संगठनले पुर्‍याएको योगदानको खुलेर प्रसंसा गर्नुभयो । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य यज्ञ गैरेले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा सदैव लाग्न यो संगठन उल्लेख्य भुमिका खेलोस भन्दै शुभकामना व्यक्त गर्नुभयो भने सदस्यहरुको वृद्धि र बिकास तथा संगठनको हितका लागि संगठनले काम गर्ने संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारीले बताउनुभयो ।
संगठन रुपन्देहीका सचिव कमल पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा सिविए रुपन्देही अध्यक्ष हरि खनाल, राष्ट्रिय स्वास्थ्य कर्मचारी संघ नेपाल रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल र नव निर्वाचित ईकाइ अध्यक्ष सिता घिमिरे भण्डारी संगठन रुपन्देहीका ससचिव प्रेम प्रसाद खनाल लगायतले कार्य्रकम सफलताको शुभकामना दिनुभएको थियो ।

 
 
  
 

You may also like