३०८ मा कोरोना संक्रमण, २९८ जना निको, तीनको मृत्यु

by समतल अनलाइन

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७,१०४ पीसीआर र १,८०५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २८५ पुगेको छ । कुल संक्रमितमध्ये ७,३४९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ४२० पुगेको छ ।

उक्त अवधिमा तीन जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ । १०३ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा एक लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like