स्वास्थ्य कार्यालयवाट सरुवा भएका प्रमुखले दुई महिनासम्म पनि छाडेनन्

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेश सरकारले गरेको निर्णय कर्मचारीले नै नर्टेर्ने गरेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा राजेन्द्र कुमार गिरीलाई मुख्यमन्त्री कार्यालयले जिल्ला स्वास्थ्य कार्यालय पाल्पा सरुवा गरेको दुई महिना भन्दा वढि भयो । तर डा गिरीले सरकारले गरेको निर्णयको टेरपुच्छर लगाएका छैनन् ।
वरु उल्टै सरुवा भैसकेको कार्यालय रुपन्देहीमै वसेर सेवा सुविधा लिईरहेका छन् । सरकारी नियम अनुशार नै उनको सरुवा भएको ६८ दिन भएको छ । त्यति मात्र होइृन उनलाई आफ्नो कार्यालयमा जान ताकेता भएको छ । त्यति गर्दा पनि न त उनि पाल्पा पुगेका छन् न त उनको ठांउमा आएका कार्मचारीले काम गर्न पाएका छन् । रुकुम पुर्ववाट सरुवा भएर आएका गौरव ढकालले जिम्मेबारी पाएका छैनन् । उता पाल्पामा सरुवा भएर जाने कर्मचारी नगएपछि सुवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य जस्तो संवेदशिल स्थानका कर्मचारीहरुले नै अटेरी गरेपछि नागरिकहरुमा प्रतक्क्ष असर पुगेको छ ।
सरकारी निर्णयको अटेरी गर्ने क्रममा पछिल्लो समय वढेको छ । जसका कारण सरकारी कार्यसम्पदानमा गंभिर असर पुगेको एक कर्मचारीले बताए ।

 
 
  
 

You may also like