‘कालो कोट च्यातिदिन्छौं’ भन्दै बार परिसर छिरेका युवाहरु र वकिलहरुबीच झडप

by समतल अनलाइन

काठमाडौ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीलाई कुटपिटको धम्की दिएका छन् ।

चार जनाको समूहमा आएका युवाले बार परिसरमा आन्दोलनमा रहेका वकिल कुट्ने र कालो कोट च्यातिदिने धम्की दिएका हुन् ।
कानुन व्यवसायीलाई धम्की दिँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गरेका छन् । यसरी धम्की दिने समूहलाई प्रहरीले बाहिर निकालेको छ ।

‘एक–एक वकिलहरूलाई ठोक्छु । कोट च्यात्छु’, ती अपरिचति व्यक्तिले भने, ‘म अमेरिकन इगल हुँ ।’ अपरिचित व्यक्ति आएर यसरी कानुन व्यवसायीहरुलाई गालीगलौज र धम्क्याउन थालेपछि आन्दोलित कानुन व्यवसायीहरु पनि चुप लागेर बस्ने कुरा भएन । उनीहरुले त्यसरी गालीगलौजमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । सो क्रममा केहीबेर बार परिसर तनावग्रस्त बनेको थियो ।

 
 
  
 

You may also like