मुगु सदरमुकाममा भीषण आगलागी, २१ घर नष्ट (भिडियो)

by समतल अनलाइन

मुगु।मुगु सदरमुकाम गमगढीमा सोमबार राति भीषण आगलागी भएको छ। जसमा जलेर २१ वटा घर नष्ट भएका छन्।

राति साढे १२ बजेदेखि अचानक आगलागी सुरु भएको मुगुका प्रमख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

आगो अन्य घरमा नफैलियोस् भनेर केही घर भत्काइएको छ, प्रजिअ महतले मंगलबार बिहान भने, पसलै पसल रहेका २१ घर जलेका छन्। आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन। जलेका घरहरुमा अझै आगो बलिरहेको छ। अन्य घरमा आगो फैलिनबाट भने हामीले रोकेका छौँ।

स्थानीय खिन्ने लामाको पूजाकोठामा बालिएको बिजुली बत्तीबाट आगलागी सुरु भएको प्रजिअ महतले बताए।

गमगढीको साँघुरो सडक र बाक्लो बस्ती भएको बजारमा आगलागी भएकाले नियन्त्रणमा लिन निकै समय लाग्यो, महतले भने, रातभरको प्रयासपछि अघि बिहान साढे ४ बजे मात्रै आगलागी नियन्त्रणमा आएको छ।

प्रजिअ महतका अनुसार मंगलबार बिहानसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा आगो निभाउने काममा सक्रिय छन्। आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरहरु भत्काइएको उनले बताए।

आगलागीबाट अरबौँको क्षति भएको अनुमान गरेका छौँ। जलेका २१ घरमै पसलहरु थिए। त्यो सबै जलेर नष्ट भएको छ , गमगढी नगरपालिकासँग वारुण यत्र छैन। जसले गर्दा आगो निभाउन समस्या भएको प्रजिअ महतले बताए।

सुरक्षाकर्मी र स्थानीयले पानी, सेउला र माटो प्रयोग गरेर आगो नियन्त्रमा लिएका हुन्। क्षतिको विस्तृत विवरण संकलन सुरु गरिएको छ।भिडियो :

 
 
  
 

You may also like