दुई हप्ता नबित्दै फेरि बढ्यो इन्धनको मूल्य

by समतल अनलाइन

काठमाडौं। दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । गए राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेल-मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ ले बढेर १५७५ पुगेको छ । हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ । जसअनुसार आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । यसअघि कात्तिक १२ गते निगमले मूल्य बढाएको थियो ।

 
 
  
 

You may also like