महरालाई काठमाडाैँ जिल्ला अदालत लगियाे

by समतल अनलाइन

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिएको छ । प्रहरीले अनुसन्धानका लागि पहिलोपटक म्याद थप्न उनलाई मंगलबार अदालत लगेको हो ।

महराको म्याद थप निवेदन जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलासले हेर्नेछ ।

महरालाई जबरजस्ती करणी उद्योगको कसूरमा अनुसन्धानका लागि म्याद लिन काठमाडौं जिल्ला अदालत लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेसँगै उच्च रक्तचाप र तनावका कारण नर्भिक अस्पतालमा भर्ना भएका उनलाई सरकारी वकिल कार्यालय पश्चात काठमाडौं जिल्ला अदालत लगिएको परिसरले जनाएको छ ।

महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस हुने छ ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गर्ने छन् ।

संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरालाई दस दिनअघि महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो ।

 

 
 
  
 

You may also like