सिअरा लियोनमा इन्धन ट्यांकर विष्फोट : ८४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौ । इन्धन ट्यांकर विष्फोट हुँदा पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा शनिबार कम्तीमा ८४ जनाको ज्यान गएको छ ।

सिएनएनले जनाएअनुसार सिअरा लियोनको राजधानी फ्रिटाउन नजिकै इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ८४ जना मारिएका छन् । अन्य थुप्रै गम्भीर घाइते भएका छन् । इन्धन भरिएको ट्यांकर अर्को एक ट्रकसँग जुध्दा उक्त घटना भएको हो ।

सिअरा लियोनका राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीका सूचना अधिकारी मोहमद लाम्राने बहले उक्त घटनापछि उद्वार कार्य जारी रहेको बताए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । फ्रिटाउनका मेयर यभोन्नी अकि सयेरले उक्त घटनाले आफू मर्माहत भएको बताइन् ।

 
 
  
 

You may also like