ललितपुरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ को मृत्यु, २ जना घाइते

by समतल अनलाइन

ललितपुर । शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

मंगलबजारस्थित प्रहरी प्रभागका अनुसार ग्याँस सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन्।

ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको बताइएको छ । ग्याँस सिलिन्डर विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार (छाेरी), रत्ना ताम्राकार (बुहारी) र नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसकेको बताइएको छ ।

खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 
 
  
 

You may also like