पेस्तोलसहित एक जना पक्राउ

by समतल अनलाइन

कपिलवस्तु । कपिलवस्तुमा पेस्तोल र लागु पदार्थसहित सहित एक जना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित मायादेवी–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरेको हो ।

भारतीय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

मुसलमानको साथबाट ४२ चक्की स्पास्मो ,२१ चक्की नाइट्राजेपाम, भिभो मोबाइल १ थान, पेनड्राइभ ४ थान र वाइफाइ स्पिडर १ थान बरामद गरिएको छ ।

 

 
 
  
 

You may also like