उर्जाका लागि कोइलाको प्रयोग घटाउन विश्वका ४० भन्दा बढी देश सहमत

by समतल अनलाइन

काठमाडौं। इन्धनका लागि कोइलाको सवैभन्दा बढी प्रयोग गर्ने पोल्याण्ड, भियतनाम, चिली, क्यानडालगायतका ४० देशले जैविक इन्धनको प्रयोग घटाउने प्रतिवद्धता जनाएका छन् ।

स्कटल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्मेलमा सहभागी देशहरुमध्ये कोइलामा आधारित उर्जा उत्पादक केही मूख्य देशहरुसहित वातावरण संरक्षणमा क्रियाशील १९० संघ संस्थाहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । तर अष्ट्रेलिया, भारत, चीन र अमेरिका जस्ता कोइलामा बढी निर्भर देशहरु भने उक्त प्रतिवद्धताबाट टाढै रहेका छन् । सहमतिमा हस्ताक्षर गर्ने देशहरुले स्वदेश वा विदेशमा कोइलामा आधारित उर्जा उत्पादनका आयोजनामा लगानी नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

उनीहरुले सन् २०३० सम्ममा ठूला अर्थतन्त्र र सन् २०४० सम्म गरीब अर्थतन्त्रहरुका लागि कोइला उर्जा अन्त्य गर्ने पनि जनाएका छन् । उक्त सम्झौतामा ४० देशहरुको हस्ताक्षर रहेको छ भने वातावरण संरक्षणमा क्रियाशील संघ संस्थाहरुसहित १९० को हस्ताक्षर रहेको छ ।

चीनलगायत प्रदुषणमा मूख्य भूमिका भएका देशहरुको प्रतिवद्धता नआएसम्म भने जलवायु परिवर्तन रोक्ने अभियान सफल हुन नसक्ने भन्दै अभियन्ताहरुले चिन्ता ब्यक्त गरेका छन् । त्यसमाथि तेल र ग्यासको प्रयोग घटाउनेतर्फ पनि कुनै ठोस कदम उठाउन सम्मेलन असफल भएको छ ।

 
 
  
 

You may also like