ट्याक्टर दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु, सह–चालक गम्भिर घाइते

by समतल अनलाइन

जाजरकोट। जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । नलगाड नगरपालिका–५ कालीमाटी बजारदेखि सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड–५ पोखरागाउँ नजिकै मंगलवार राति झुल्के डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब ५ सय मिटरको तल तीन जनाको लाश फेला परेको प्रहरी नायव डीएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा ट्याक्टरका सह–चालक नलगाड–७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताए ।

 
 
  
 

You may also like