बुटवलकाे एक सलाई उद्याेगमा आगलागि

by समतल अनलाइन

बुटवल। बुटवलकाे एक सलाई उद्याेगमा आगलागि भएकाे छ । बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेकाे जय माँ लक्ष्मी सलाई उद्याेगमा आगलागि भएकाे हाे ।

साँझ करिव सात बजेतिर आगलागि भएकाे उद्याेगका सञ्चालक राजेन्द्र ढकालले बताउनु भयाे । आगाे नियन्त्रणकाे लागि बुटवल र सैनामैनाकाे दमकल गएपनि पानी सकिएर फर्केका छन् । करिव साढे ९ बजे पछि माात्रै भैरहवा, लुम्बिनी र तिलाेत्तमाबाट दमकल आएकाे स्थानीय सन्ताेष पाैडेलले बताउनु भयाे ।

दमकलकाे अभावका कारण समयमै आगाे नियन्त्रणमा लिन नसकिएकाे सञ्चालक ढकाल बताउनु हुन्छ । उहाका अनुसार विद्युत सर्ट भएर आगलागि भएकाे हाे । समयमा आगाे नियन्त्रणमा लिन नसक्दा उद्याेगमा सबै क्षेती भएपनि कति क्षति भयाे एकिन नभएकाे उहाले बताउनु भयाे ।

 
 
  
 

You may also like