सु-आहारा परियोजना र सेतो गुराँस द्धारा अण्डा प्रबर्धनमा सहकार्यका लागि स्थानिय निजी क्षेत्रहरुसंग अन्तरक्रिया गोष्ठी सम्पन्न

by समतल अनलाइन

निरु थापा
बुटवल । अन्तराष्ट् ि संहयोगी संस्था युससए आईडीद्धारा संचालित कार्यक्रम सुआहरा परियोजना र सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयुक्त आयोजनामा अण्डा प्रबर्धनमा सहकार्यका लागि स्थानिय निजी क्षेत्रहरुसंग अन्तरक्रिया गोष्ठी आज सम्पन्न भएको छ । सुआहारा परियोजनाको दोस्रो एकिकृत पोषण कार्यक्रम अन्तर्गत बुटवलमा भएको कार्यक्रममा रुपन्देही जिल्लामा रहेर अण्डा व्यवसाय गर्ने र अण्डा उत्पादक किसानहरुका लागि सो अन्तरक्रिया गोष्ठी गरिएको हो ।
अण्डा प्रबर्धनमा सहकार्यका लागि स्थानिय निजी क्षेत्रहरुसंग अन्तरक्रिया गोष्ठीमा कार्यक्रमका अध्यक्ष भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख दिपक भुषालले मानव स्वास्थ्यका लागि अण्डाले महव्वपूर्ण भूमिका खेल्ने हुदाँ त्यसका लागि जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक भएकोमा जोड दिनु भयो । उहाँले अण्डा प्रवर्धनमा सुआहारा परियोजनाले जुन किसिमको विभिन्न जिल्लाहरुमा महव्वपूर्ण काम गरेको छ त्यो नै महत्वपूर्ण पक्ष भएको बताउदै अझै पोषण संग सम्बन्धी रहेका मानव स्वास्थ्यको वृद्धि , विकासमा प्रत्यक्ष टेवा पुग्ने खालका खाद्यमा सचेतना जगाउन आग्रह गर्नु भयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका महाशाखा प्रमुख तुल्सीराम भण्डारीले कार्यक्रम आयोजकलाई धन्यवाद दिदै लुम्विनी प्रदेशमा अण्डा प्रवर्धनमा सुआहारा परियोजनाले राज्यको लक्ष्य अनुसार राष्ट्े पोषण सम्बन्धी ल्याएको कार्यक्रम भएको हुदाँ यस्ता कार्यक्रमलाई प्रदेश सररकारले पनि सहजीकरण गर्ने बताउनु भयो । भण्डारीले अण्डा दैनिक खाद्य पदार्थसग जोडिंनु पर्ने थियो तर त्यो हुन नसकेको अवस्थामा अब उद्योगसग जोेडेर लगानी गर्न समेत आग्रह गर्नु भयो । ब्रान्डिङ नभए सम्म गुणस्तरीय नहुने भन्दै सरकारले पोल्ट्ी नीतिलाई अन्तिम रुप दिने हुदाँ त्यस समयमा अण्डा व्यवसायी सघले के, कस्ता नीति , नियम राख्नुपर्ने हो त्यसका लागि सरोकारवाला सग बसेर विभिन्न नीति बनाउन आवश्यक रहेको जोड दिनु भयो ।
अन्रक्रिया कार्यक्रममा उहाँले मानसिक स्वास्थ्यका लागि अण्डा जति महव्वपूर्ण छ त्यही अनुसार दुधलाई पनि जोड दिन सुआहारा परियोजनालाई सुझाव दिनु भयो । त्यस्तै कार्यक्रममा अण्डा व्यवसायले लामो समयसम्म अण्डा स्टक राख्दाँ भोग्नु परेका समस्या , सरकारले दिने अनुदान, अन्य जिल्लाबाट अण्डा आउदाँ समझदारीमा कमी, जस्ता समस्याहरु अन्तरक्रिया गोष्ठीमा आएको सुआहारा परियोजनाका लुम्विनी प्रदेश सयोजक भरत शर्माले जानाकारी दिनु भयो ।
कार्यक्रममा सुआहारा परियोजनाका प्रदेश कृषि सयोजक अर्जुन श्रेष्ठले पोषणलाई राज्यले कसरी हेरेको छ, निजी क्षेत्रमा अण्डालाई कसरी प्रवर्धन गर्न सकिन्छ , र कुपोषणको अवस्थाबारे प्रकाश पार्नु भएको थियो । त्यस्तै सहभागीहको तर्फ बाट लुम्विनी अण्डा वितरक सघका अध्यक्ष रेशमलाल आचार्यले अण्डा किन खाने , समुदायमा यसको महव्व के छ , अण्डा व्यसायलाई कसरी प्रवर्धन गर्न सकिन्छ , जिल्लामा अण्डा व्यवसायको अवस्था , व्यवसायीहरुले भोग्नु परेका समस्याहरु बारे आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्मा , पोणण अधिकृत दुर्गा राना , सेतो गुराँस बाल विकास सेवाका मिनु पुन लगायतको सहभागितामा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो ।
सुआहराले स्वास्थ्य सुरक्षाका कार्यक्रमहरु लुम्विनी प्रदेशका १२ वटै जिल्ला र नेपालका ४२ जिल्लामा संचालन गदै आएको छ । यो परियोजना युससएआईडीको एक कार्यक्रम हो । जुन विभिन्न बहु,क्षेत्रीय , राष्ट्यि तथा स्थानीय सरकारी एजेन्सीहरुको माध्यमबाट काम गर्ने गर्दछ । साथै मातृत्व पोषण, कृषि , स्वच्छता र स्वास्थ्य सेवामा काम गदै आएको छ ।

 
 
  
 

You may also like