नेपाललाई दुई करोड मात्रा कोरोना खोप अनुदानमा दिने बेलायतको घोषणाक

by समतल अनलाइन

काठमाडौं। बेलायतले कोभिड–१९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाले बनाएको दुई करोड डोज कोरोना खोप अनुदानमा दिने निर्णय गरेको छ । सन् २०२१ को अन्तिमसम्ममा उक्त खोप विकासशील मुलुकमा कोरोना खोप अभियान सञ्चालनको लागि दिइनेछ ।

बेलायतको सरकारले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म बेलायतले एक करोड कोरोना खोप अनुदानमा दिइसकेको र २०२१ भित्रै थप दुई करोड डोज कोरोना खोप अनुदानमा दिने बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जी २० मुलुकका नेतासँगको भेटमा यो घोषणा सार्वजनिक गर्ने अनुमान छ ।

सन् २०२२ मा बेलायतले कम्तीमा दुई करोड डोज एस्ट्राजेनेकाको कोरोना खोप र सरकारले जोन्सन एण्ड जोन्सन कम्पनीसँग अर्डर गरेको दुई करोड डोज कोरोना खोप अनुदान र कोभ्याक्स कार्यक्रमलाई दिनेछ । बेलायतको सरकारले कोरोना खोप अभियानमार्फत विश्वको आर्थिक गतिविधिलाई पुनः महामारीपूर्वको अवस्थामा ल्याउन सकिने बताएको छ ।

 
 
  
 

You may also like