रिभर साईडलाई भलिवलको उपाधी

by समतल अनलाइन

प्रविण गाहा
गुल्मी । प्रथम जुभूङ्ग खेलकुद महोत्सव अन्र्तगतको पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीले हात पारेको छ ।
साविक खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको फाईनलमा न्यु हिमशिखर युवा क्लव बलिथुम लुम्पेकलाई हराउदै रिभर साईडले उपाधी संगै नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता न्यु हिमशिखरले नगद १५ हजार रुपैयामा चित्त बुझाएको छ । दुई सेट लगातार जितेको रिभर साईडलाई उपाधी हात पार्न थप दुई सेट कुर्नु प¥यो । फाईनल भिडन्त अत्यन्तै रोचक बनेको थियो । स्थानिय क्लव समेत रहेको रिभर साईडले दर्शकले हुटिङ्गले थप हौसिएको थियो ।
आयोजकलाई हराउदै दारी होटल आपचौर तृतीय भई सात हजार पाएको छ । खेलकुद महोत्सव अन्र्तगत पुरुष भलिवलमा ३९ टिमको सहभागिता रहेको थियो ।
रिभर साईड युवा क्लवले स्थानिय स्तरमा हुने विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको क्लवमा क्याप्टेन तुल बहादुर गाहाले जानकारी दिनुभयो । स्थापनाकालमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको क्लवले करिव छ वर्ष पछि पुनः उपाधी हात पारेको हो ।
गत भदौमा बलिथुमको थाक्सीपोखरामा भएको भलिवल प्रतियोगितामा पनि रिभर साईड उपविजेता बनेको थियो ।
त्यस्तै खेलकुद महोत्सवमा महिला भलिवलको उपाधी लिम्घाको नमुना युवा क्लवले हात पारेको छ । उपविजेता बलिथुम युवा क्लव र शुभविहानी बलिथुम तृतीय भएको हो ।
महोत्सवमा ब्याडमिन्टन, रसी तान्ने, भाले छोपाई, लङ जम्प, घैटो फोड, म्युजिकल चियर, स्लो बाईक रेस, दौड, नृत्य प्रतियोतिा, बेलुन फुटाई लगाएतका प्रतियोगिता भएको थियो । साथै निर्माता तिलक गाहाले बनाएको जुभूङ्ग सगै गुल्मीको विभिन्न स्थानमा छायांकन गरिएको गुल्मेली दाई चलचित्र च्यारिटी शो गरिएको थियो ।

 
 
  
 

You may also like