घरमै पुगेर अनितालाई परिचपत्र

by समतल अनलाइन

बुटवल । धुर्कोट गांउपालिकाले पुर्ण अशक्त तथा शारिरिक रुपमा अपाङग भएका आफ्ना नगरिकहरुलाई घर घरमै पुगेर परिचय पत्र वितरण गर्दै आएको छ । यसैक्रममा धुर्कोट गाउपालिका वडा न २ पिपलधाराकी अनिता खड्कालाई घरमै पुगेर परिचय प्रदान गरिएको छ । लामो समयदेखि स्वास्थ्य उपचारमै रहेकी खड्कालाई पालिकाका उपाध्यक्ष शिव केसी नेतृत्वको टोलीले घरमै पुगेर सेवा प्रदान गरेको हो । आफै हिडडुल गर्न नसक्ने शारिक रुपमा अशक्त तथा जेष्ठ नागरिकहरुलाई दैलोमै सेवा उपलब्ध गराउने उदेश्यका साथ घरमै पुगेर परिचय वितरण गरेको उपाध्यक्ष केसीले बताउनु भयो । उनका अनुशार अनितालाई क वर्गको परिचय पत्र प्रदान गरिएको छ ।
घरमै पुगेर कागजात लिने देखि घरमै परिचय पत्र उपलब्ध गराएकोमा अनिताका श्रीमान विनोद खड्काले आधार प्रकट गरे । सो अवसरमा वडा अध्यक्ष नवि जिसी, नेपाली का्रग्रेसका वडा सभापती घन वहादुर खड्का लगायतको सहभागिता रहेको थियो । परिचय पत्र पाएसंगै अव उनले सरकारले तोकेका विभिन्न सुविधा पाउने छिन् ।

 
 
  
 

You may also like