62
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) हप्ताको पहिला दिन सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।
शुक्रबार ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २६० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।