सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा लाग्यो आगो

by समतल अनलाइन

धादिङ । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आइतबार राति २ बजे गजुरीमा गुडिरहेको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

‘गुडिरहेको बसमा अचानक आगलागी भयो । आगलागी सुरु भएपछि यात्रुलाई सुरक्षित तरिकाले बाहिर निकालियो । आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन’, डीएसपी भण्डारीले भने, ‘यात्रुका लगेज पनि निकाल्न मिल्ने र सक्ने जति निकालियो । तर, डिकीमा राखिएका लगेज भने निकाल्न सकिएन ।’

वाइरिङ सट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । बसको अधिकांश भाग जलेको छ । सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा लागलागी भएको हो ।

 
 
  
 

You may also like