सातै प्रदेशमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं। आज (आइतबार) पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । वागमती र गण्डकी प्रदेशका अहिले विहान एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । वागमती प्रदेश र प्रदेश–१ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित

अनिश्चित बन्दै कांग्रेसको १४ औं महाधिवेशन

सातै प्रदेशमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको

 
 
  
 

You may also like