लघु विद्युतको ड्याममा महिलाको शव भेटियो

by समतल अनलाइन

गुल्मी । गुल्मीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडा नम्बर–६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको हो । यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाग्लुङ जिल्ला घर भएकी ती महिला र उनका श्रीमान् चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्दै आएको डीएसपी पाण्डेले बताए । खोला नजिकै मन्दिर रहेकाले वरपर गर्दा चिप्लिएर लडेर खोलाले बगाएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like