भारतमा एकै दिन थपिए १६ हजार ३२६ नयाँ संक्रमित

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा कोभिड–१९ संक्रमितको संख्या शनिबार ३४ करोड १५ लाख ९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३२६ नयाँ संक्रमितहरू फेला परेका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको संख्या चार लाख ५३ हजार ७०८ पुगेको छ । संक्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी हालसम्म तीन करोड ३५ लाख ३२ हजार १२६ जना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् । रासस / सिन्ह्वा

 

 
 
  
 

You may also like