बुटवलका डीएसपी मदन कुँवर रुपन्देही जिल्लाकै उत्कृष्ठ प्रहरी

by समतल अनलाइन

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरसहित तीन जना प्रहरी इन्चार्जलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले एक समारोहका बिच नगद पुरस्कार वितरण गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी नायव उपरीक्षक मदन कुंवर, सिमा प्रहरी चौकी कदमहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमला बि।क। लगाएत ३ जनालाई असोज महिनाको उत्कृष्ट पुरस्कृत गरिएको हो।

जिल्लाकै उत्कृष्ठ भएका डीएसपी कुँवरले ठुलो परिणाममा लागु औषध बरामद, झण्डै ९ लाख वराबरको ५७५ के।जी। पटका वरामद गर्नुका साथै आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए ।
कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।

पुरस्कृत हुने अन्य प्रहरी अधिकारीमा सिमा प्रहरी चौकी कदमहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमला बिक रहेका छन् ।

 

 
 
  
 

You may also like