कालीगण्डकी नदी किनारमा दुई पुरुषको शव भेटियो

by समतल अनलाइन

पाल्पा। पाल्पा प्रहरीले कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला पारेको छ । जिल्लाको रामपुर नगरपालिका–८ होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०-४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार दुवै शव कालीगण्डकी नदीले बगाएर ल्याएको जस्तो देखिएको छ । यस्तै, डिएसपी त्वातीले पाल्पामा अर्की एक महिला रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जानकारी दिएका छन् । प्रहरीका अनुसार रिब्दिकोट गाउँपालिका–४, भारकोटरिपकी ३५ बर्षीया माया राना आँपको रुखमा चुन्नीको पासो लगाई मृत फेला परेकी हुन् ।

 
 
  
 

You may also like