५४५ मा कोरोना संक्रमण, ७२६ जना निको, आठको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८,५४९ जनाको नमुना परीक्षण गर्दा ५४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण भएका नमुनामध्ये ६ दशमलव ३७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख सात हजार ५२२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३ हजार ७७१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७२६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख ८४ हजार ८८१ पुगेको छ । यही अवधिमा आठ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३२६ पुगेको छ । अहिले नेपालमा ११ हजार ३१५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 
 
  
 

You may also like