सीके राउतका १३ कार्यकर्ता पक्राउ

by समतल अनलाइन

जनकपुरधाम। सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखमाथि दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताहरूले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए । कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

 

 
 
  
 

You may also like