इलाममा बाढीले पक्की पुल बगायो

by समतल अनलाइन

इलाम। बाढीले इलामको देउमाई–फाकफोक खोला दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल मंगलबार राति बगेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

त्यस्तै बाढीले नजिकै रहेको गजुरमुखीधाम–बारुङ जोड्ने पक्की पुल पनि क्षतिग्रस्त बनाएको उनले जनाएका छन् । माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीधाम आसपास देउमाई र फेवा खोलाले पनि ठूलो क्षति गराएका छन् ।

इदिङ्गोका अनुसार ४÷५ वटा घर क्षतिग्रस्त भएका छन् भने हजारौं बिघामा रोपिएको धान बगेको छ । प्रभावितहरूको उद्धारमा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू खटिरहेका छन् ।

 
 
  
 

You may also like