दशैंको तेस्रो दिन : टीका थाप्ने क्रम जारी, आजबाट सरकारी कार्यालय खुल्दै

by समतल अनलाइन

काठमाडौं। विजया दशमीको तेस्रो दिन आज (आइतबार) पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्शिवाद लिनेक्रम जारी छ । विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशै मनाइँदै आएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पूजाआराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

यसैबीच दशैंको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्दै छन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किने छन् । पर्व मनाउन आ–आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम शुरु भइसकेको छ ।

 
 
  
 

You may also like