नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

by समतल अनलाइन

काठमाडौ । नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। अहिले राति ९.४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ। नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन। त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता हो।

 

 
 
  
 

You may also like