91
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा एक वड़ा अध्यक्षसहित दुई जनालाई १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धानआयोग बर्दिबासको टोलीले पक्राउ गरेको छ ।
मटिहानी–५ का वड़ा अध्यक्ष राम बहादुर महतो र उनकै वड़ामा कार्यरत एकजना कर्मचारीलाई अख्तियारको टोलीले आइतबार अपरान्ह ३ बजे पक्राउ गरि साँझ करिब ६ बजे मुचुल्कासहितको आवश्यक प्रक्रिया पूरा गरि बर्दिबास स्थित कार्यालयमा अनुसन्धानको लागि लगेको छ ।
बर्दिबास स्थित अख्तियारको कार्यालयले वड़ा अध्यक्षलाई घुस रकमसहित नियन्त्रणमा लिएको बताएको छ । एक सेवाग्राहीबाट जन्मदर्ताको विषयमा १५ हजार रकम माग गरेको र सो मध्ये पाँच हजार रकम पहिले नै लिएको र थप रकम लिने क्रममा उनलाई पक्राउ गरिएको अख्तियारको बर्दिबासस्थित कार्यालयले जनाएको छ ।