अपडेट : मोतिपुर औद्योगिक क्षेत्रमा झडपमा परि घाइते भएका मध्ये तीन जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाईते भएका मध्य तीन जनाको मृत्यु भएको छ ।

थप तिन जनाको अवस्था गम्भिर रहेको र उनीहरु मध्ये १ जनाको भेन्टीलेटरमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत तेज केसीका अनुसार उक्त अस्पतालमा ५ जना प्रहरी सहित १३ जनाको उपचार भएको थियो ।

मोतिपुर औद्योगिक क्षेत्रमा आईतबार भएको झडपमा परि ५० बढी घाईते भएका थिए । बाँकीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

 
 
  
 

You may also like