८८ दिनपछि सरकारले पायो पूर्णता, यी हुन मन्त्रिपरिषद सदस्य (सूची)

by समतल अनलाइन

काठमाडौं। सरकार गठन भएको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । आज (शुक्रबार) देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।

पाँच दलीय गठबन्धनले लामो रस्साकस्सीपछि सरकारलाई पूर्णता दिएको हो । जसअनुसार शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थपिएका छन् । योसँगै देउवा क्याबिनेटले पनि पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।

त्यसपछि साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ थपिएका थिए । पछिल्लो पटक नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका थिए । पाँच दलीय गठबन्धनमा अनेक विवादबीच सरकारले बल्ल पूर्णता पाएको हो ।
यस्तो छ कार्य विभाजन

 
 
  
 

You may also like