रोेमानियाको अस्पतालमा आगलागी, कोभिडका नौ बिरामीको मृत्यु

by समतल अनलाइन

काठमाडौं । रोमानियाको ‘ब्ल्याक सी’ सहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा आगलागी हुँदा नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको छ ।

आगलागीमा परेको अस्पतालका सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूमा सारिएको छ । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, ‘कोभिड–१९ सम्बन्धित ११३ बिरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आगलागीमा परी केही व्यक्तिको मृत्यु भएको छ । बिरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ ।’

आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्यमन्त्री आटिला सेकेले भने, ‘कारणहरू धेरै हुन सक्छन् । यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुनसक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुनसक्छ ।’ नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको यो तेस्रो घातक आगलागी हो । एजेन्सी

 
 
  
 

You may also like