१,१५७ मा कोरोना संक्रमण, १,११३ निको, आठको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,१५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,१५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पिअिसार परीक्षण गर्दा ८९२ र ३,८८९ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,११३ जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १,३१५ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८६ हजार १४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 
 
  
 

You may also like