इपीएल क्रिकेट : विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै

by समतल अनलाइन

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको दोस्रो दिन आज (आइतबार) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेल मैदानमा हुने चौथो संस्करणको दोस्रो दिन विराटनगर वारियर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

बिहान ९ बजे शुरु हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स आमनेसामने हुने छन् । चितवन सोमपाल कामीको कप्तानीमा खेल्दै छ भने विराटनगरको कप्तानी करण केसीले गर्ने छन् ।

पहिलो खेलमा दुबै टोलीको लक्ष्य सुखद सुरुवात हुनेछ । दुबै टोलीलाई राष्ट्रिय तथा अन्तरार्ष्टिट्रय खेलाडीको साथ रहनेछ । दिउँसो १ः३० बजे शुरु हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज आमनेसामने हुनेछन् । भैरहवा शरद भेषावकरको कप्तानीमा रहेको छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्नेछन् ।

शनिबारदेखि शुरु भएको इपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो । इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्ने छ ।

 

 
 
  
 

You may also like