काङ्ग्रेस नगर चुनाव अपडेट : बुटवलमा ३०० मत गन्दा पाण्डे २१७ अगाडि, केसी ७४

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिकामा हाल सम्म ३०० मत गणना भएको छ । जसमध्ये सभापतिका उम्मेदवार खेलराज पाण्डेले २१७ मत प्राप्त गरेका छन भने अर्का उम्मेदवार रिता केसीले ७४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपसभापतिका उम्मेदवार ज्योती भन्डारीले २१४, हितमान पुनले १४८, नरबहादुर रजालीले १३८ र हरिलाल सुनारले ५४ मत प्राप्त गरेका छन् ।

सचिव तर्फ गंगा पन्थिले १५३, छायाँ पोख्रेलले १७०, जय प्रकाश भट्टराईले १३४ र सन्तोष पौडेलले ८४ मत ल्याएका छन् ।

त्यस्तै सहसचिव तर्फ देवलाल अर्गलीले १५३, पुरुषोत्तम खनालले १४२, गणेश घिमिरेले १६४ र सुदन बास्कोताले ८९ मत प्राप्त गरेका छन् ।

 
 
  
 

You may also like