१,३७१ ले जिते कोरोना, ९५३ नयाँ थपिए, ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,३७१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सो अवधिमा ९५३ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना तथ्यांक अद्यावधिक गर्दै गएको २४ घण्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको जनाएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा १० हजार ५७९ जनाको नमूना परीक्षण गरिएको थियो । परीक्षणमध्ये ७ हजार ५० को पीसीआर र ३,५२९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । सोही अवधिमा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १९ हजार ७ सय जना कोरोनामा सक्रिय संक्रमित छन् ।

 

 
 
  
 

You may also like