२,९५७ ले जिते कोरोना, १,०९५ नयाँ थपिए, आठको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २,९५७ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like