हिन्दु धर्म र संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड

by समतल अनलाइन

बुटवल । राष्ट्रिय शक्ति नेपालका अभियन्ताहरुले मुलुकमा हिन्दु धर्म र संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार बुटवलको जितगढीमा आयोजित अभियानको क्षेत्रिय कार्यालयको उद्घाटन कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका अभियन्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

मुलुकमा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था स्थापना गर्ने उदेश्यले अहिलेसम्म ६४ बढी संस्था खुलेको भन्दै उनिहरुले एउटै उदेश्य भएका शक्तिहरु एकिकृत हुन जरुरी रहेको आवस्यकता औल्याए ।

२०६२÷०६३ को जनआन्दोलनमा कहि कतै पनि धर्म निरपेक्षताको आवाज नउठेको भन्दै उनिहरुले पश्चिमा देशहरुको इसारामा ठुला दलका नेताहरुले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ताहरु कृष्णबहादुर लामा,चोकबहादुर थापा,रुपसिं थापा,वाजीत अली देवान,गुणनिधी पन्थी,राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका प्रवक्ता पुनाराम पोखरेल,नेपालकालागि नेपाली पार्टी रुपन्देहीका अध्यक्ष गोपाल शर्मा,अभियन्ता लालप्रकाश थापा लगायतले २०६२÷०६३ को जनआन्दोलनमा कहि कतै पनि धर्म निरपेक्षताको आवाज कहि कतै नसुनिएको भन्दै ठुला दलका नेताहरुले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाए ।

 
 
  
 

You may also like