पानी तान्न मोर्टर चलाउँदा करेन्ट लागेर युवतीको गयो ज्यान

by समतल अनलाइन

दाङ । करेन्ट लागेर दाङको दङ्गीशरण गाउँपालिका–७ बुटनियामा एक युवतीको ज्यान गएको छ । करेन्ट लागेर २२ वर्षीया युवती प्रमिला चौधरी ज्यान गएको हो ।

घरमा पानी तान्ने मोर्टर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । चौधरीलाई आज बिहान करेन्ट लागेको थियो ।

 

 
 
  
 

You may also like