चार्टर प्रेसिडेन्ट शर्मा सम्मानित

by समतल अनलाइन

बुटवल । लायन्स क्लव अफ सैनामैना मलमलाका संस्थापक कृष्ण प्रसाद शर्मा सम्मानित भएका छन ।

क्लवकाे चार्टरनाइटकाे अबसरमा बुधबार शर्मालाइ सम्मानित गरिएको हो। बर्ष २०१७/१८ मा सैनामैनामा क्लवकाे स्थापना गरेका शर्मालाइ हालका अध्यक्ष सरोज पन्थ , प्रमुख अतिथी पिजिडि लायन महेन्द्र नारायण श्रेष्ठ ,विशिष्ट अतिथी डिष्ट्रिक्ट चिफ एडभाइजर उमंग देवकाेटा , एरीया चिफ पर्सन माधव खनाल, जोन चियर पर्सन एकदेव बस्याल लगायतले सम्मान गरेका थिए। सैनामैना ७ मा रहेकाे वाटर वर्ल्ड रिसोर्टमा सम्पन्न भएकाे कार्यक्रममा स्थापना भएदेखि नै क्लवमा योगदान पुर्याएको भन्दै शर्मालाई विशेष सम्मान गरिएको थियो ।

प्याब्सन लुम्बिनी प्रदेस कमिटीमा समेत रहेका शर्मा रामापुर रिभाईबल बोर्डिङ स्कुलका प्राचार्य समेत हुन् । जिल्ला का विभिन्न संघ संस्थामा रहेका शर्मा रोटरी क्लव अफ तिलोत्तमाका पूर्व अध्यक्ष समेत हुन् ।

 
 
  
 

You may also like