सीको स्वागतका लागि सडकमा निस्किए सरकारी कर्मचारी

by समतल अनलाइन

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारी कर्मचारीहरु सडकमा उत्रिएका छन् । नेपाल र चीनको झण्डासहित सरकारी कर्मचारीहरु सीको स्वागतका लागि सडकमा उत्रिएका हुन् ।

सी केही समय अगाडि मात्रै काठमाडौं आइपुगेका छन् । चाइना एयरको विशेष विमानमार्फत काठमाडौं आइपुगेका सी विमानस्थलबाट केही समय आरामका लागि काठमाडौंको ताहाचलस्थित सोल्टी होटेल पुग्नेछन् ।

निजामति कर्मचारीसहित विभिन्न सरकारी संस्था र संस्थानमा कार्यरत कर्मचारीहरु सीको सवारी हुने बाटोमा स्वागतका लागि उत्रिएका हुन् ।

सरकारले काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालयका सबै कर्मचारीलाई सीको स्वागतका लागि सडकमा उत्रिन उर्दी जारी गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजकत्वमा सरकारी कर्मचारीहरु सीको स्वागतका लागि सडकमा उत्रिएका हुन् ।

काठमाडौं उत्रिएका सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै स्वागत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले विमानस्थलमै सम्मानगारत (राजकीय सलामी) अर्पण गर्ने छ ।

सीको स्वागतका लागि विमानस्थलमै विभिन्न झाँकी तथा नेपाली मौलिक संस्कृति झल्किने विभिन्न कार्यक्रम पनि प्रदर्शन गरिने जनाइएको छ ।

 
 
  
 

You may also like