बुटवल उद्योग बाणिज्य संघमा डिलर्स बस्तुगत समिति गठन

by समतल अनलाइन

बुटवल ।बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा डिलर्स बस्तुगत समिति गठन गरिएको सोमबार संघमा बसेको व्यबसायीहरुको भेलाले डिलर्स बस्तुगत समिति गठन गरिएको हो । ताराप्रसाद भण्डारीको सभापतित्वमा गठित उक्त बस्तुगत समितिको उपसभापतिमा विनोद निरौला, सचिवमा सन्दिप खनाल र कोषाध्यक्षमा कौषलराज गैरेलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा विष्णु पाण्डे, चिरञ्जिवी थैव, ज्ञानप्रसाद न्यौपाने, विशाल श्रेष्ठ र उपेन्द्र गौतमलाई चयन गरिएको छ । त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले निजी क्षेत्रको बिकास र प्रवद्र्धनको लागि व्यबसायिक एकता अपरिहार्य रहेको बताउनु भयो । उहाँले बस्तुगत व्यबसायीका समस्या पहिचान गरेर संघमा जानकारी गराउन आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने पनि बताउनु भयो ।

संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको समन्वय उक्त समितिका समन्वयकर्ता तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, दीपकप्रसाद चापागाई, काशिराम शर्मा पौडेल, जमुना पौडेल लगायत सदस्य व्यबसायीहरुको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like