कस्तो रहला आगामी तीन दिनको मौसम ?

by समतल अनलाइन

काठमाडौं। हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आंशिक बदली रहेको छ ।

आइतबार देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

 
 
  
 

You may also like