एमाले पार्टी ओलीको प्राइभेट कम्पनीमा परिणत भइसक्यो : माधव नेपाल

by समतल अनलाइन

नेपालगञ्ज। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) पार्टी केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भइसकेको बताएका छन् ।

केपी ओलीले क्रान्तिकारी ज्वाला निभाईसकेको अध्यक्ष नेपालले जिकिर गरे । पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेलालाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै नेपालले ओलीको प्राइभेट कम्पनीमा कम्युनिस्ट पार्टीका लागि हुनुपर्ने कुनै पनि गुण नभएको बताए ।

केपीले कम्युनिस्टको सिद्धान्त परित्याग गरिसकेको अध्यक्ष नेपालको आरोप छ । ‘केपीले कम्युनिस्टको सिद्धान्त, मार्क्सवादको सिद्धान्त सबै त्यागिसकेका छन,’ उनले भने, ‘त्यहाँ ब्यक्तिवाद छ, त्यहाँ गुट छ ।’ ओलीले मनपरी गरेर पार्टीलाई विभाजनको स्थितिमा पुर्‍याएको नेपालले बताए ।

 
 
  
 

You may also like