१९९४ कोरोना संक्रमीत थपिए , १२ को मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा ३५७ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २८९ जना छन् । यस्तै, ललितपुरमा ८५ र भक्तपुरमा ४२ संक्रमित थपिएका हुन् । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर शुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १,३६८ रहेको छ ।

 
 
  
 

You may also like