१,१४६ मा कोरोना संक्रमण, १,६६० जना निको, २१ को मृत्यु

by समतल अनलाइन

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १,१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २,३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको ज्यान गएको छ भने १,६६० जना संक्रमणमुक्त भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १,६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ३५४ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार प्रदेश–१ मा २८०, प्रदेश–२ मा ३१, बागमती प्रदेशमा ४३४ तथा गण्डकी प्रदेशमा १२२ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा ७१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

 

 
 
  
 

You may also like