बुटवल उद्योग बाणिज्य संघमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीहरुको भेलाले कृष्णप्रसाद पाण्डेको सभापतित्वमा उक्त समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा छायाँ पोखरेल, सचिवमा मोहनीलाल न्यौपाने, कोषाध्यक्षमा राजेन्द्रकुमार उपाध्यायलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा पशुपती कानु बानिया, गीता भट्टराई, देवराज लम्साल, हिमाल बेलवासे, पुरुषोत्तम शर्मा र रमेशप्रसाद आचार्यलाई चयन गरिएको छ ।

भेलामा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिका समस्या पहिचान गरेर उठान गर्न बस्तुगत समितिलाई सुझाव दिनुभयो । बस्तुगत समितिले उठान गरेका समस्याहरु समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघका उद्योग उपाध्यक्ष टंक प्रसाद गैरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समन्वय संघका कार्यसमिति सदस्य तथा बस्तुगत समितिका समन्वय कर्ता आनन्दप्रसाद वझाले गर्नुभएको थियो ।

 
 
  
 

You may also like