रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ८ गतेसम्म

by समतल अनलाइन

काठमाडौं । सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मंसिर ८ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्व निर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।

यसअघि स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै फेरि सुरु हुने भएको हो । यही भदौ २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले कात्तिक अन्तिमदेखि राष्ट्रिय जनगणना गर्ने तथ्याङ्क विभागको प्रस्ताव स्वीकृत गरेको थियो ।

यही कात्तिकदेखि हुने जनगणना नेपालको जनगणनाको १२ औं श्रृङ्खला हो । जनगणनामा नेपालको घर, परिवार तथा व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्नुपर्ने हुन्छ । यस पटकको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षकले अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गर्नेछ ।

 
 
  
 

You may also like